|  

कलाकार देवीराम पराजुली 'भोक लाग्यो' लाई मातृशोक

३ मंसिर काठमाडौं - हास्य कलाकार देवीराम पराजुली ‘भोक लाग्यो’लाई मातृशोक परेको छ । 

कलाकार पराजुलीकी आमा धनकुमारी पराजुलीको आज बिहान उपचारका क्रममा निधन भएको हो ।

लामो समयदेखी दम तथा निमोनियाबाट पीडित पराजुलीको उपचारको क्रममा निधन भएको कलाकार जीतु नेपाल मुन्द्रेले जानकारी दिए । 

पराजुली भने अहिले अमेरिकामा छन् । केही दिन अघी मात्र कलाकार पराजुलीले अमेरिकामै कोरोना संक्रमण जितेका थिए ।