|  

भाईटिकाको दिन बालिकामाथी जवरजस्ती गर्ने युवक पक्राउ

३ मंसिर,काठमाडौं - भाईटिकाको दिन एक बालिकामाथी जवरजस्ती गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका-२ बसुण्डोलमा १४ वर्षीय बालिकालाई बलात्कार गर्ने हुम्ला ताजाकोट गाउँपालिका -२ का २३ वर्षीय सुरेश लोहारलाई मङ्गलबार पक्राउ गरेको हो ।

बसुण्डोलस्थित अर्जुन सुवेदीको जग्गामा बनाएको टहरामा बालिकालाई बोलाएर जबर्जस्ती करणी गरेको अनुसन्धानमा खुल्न आएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

बालिकालाई गत मङ्सिर १ गते सोमबार भाइटीकाको दिन चन्द्रागिरि नगरपालिका-२ बसुण्डोलमा एक टहरामा बोलाएर जवरजस्ती गरेका थिए । लगत्तै लोहार भने फरार भएका थिए । 

पक्राउ लोहारलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ करणीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको वृत्त प्रमुख श्रेष्ठले बताए ।