|  

आगामी मंसिर १३ गते पुनः बस्ने गरि सकियो : नेकपा सचिवालय बैठक

३ मंसिर,काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सकिएको छ ।

प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव पेश गर्न सहमती जनाएको र त्यसको लागी आगामी मंसिर १३ गते पुनः सचिवालय बैठक बस्ने सहमती भएको हो ।

आजनको बैठकमा कार्यकारी अध्यक्ष  ‘प्रचण्ड’ ले आफ्नो तर्फबाट सचिवालयमा ओलीलाई विभिन्न आरोप लगाउँदै प्रस्वात पेश गरेका थिए भने ओलीले अहिलेसम्म आफ्नो तर्फबाट प्रस्ताव समेत पेश गरेका छैनन् ।

यसअघी गत कार्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले एक्लै राजनीतिक प्रस्ताव र पत्र पेश गरेका थिए । जसले नेकपाभित्रको शक्ति संघर्ष झन् चुलिएको थियो ।

अब दुवै अध्यक्षको प्रस्तावमा अर्को बैठकमा छलफल गर्नेगरी आजको बैठक सकिएको प्रवक्ता श्रेष्ठले बताए । आज दिउँसो १ बजेबाट सचिवालय बैठक सुरु भएको थियो ।

अबको नेकपा सचिवालयको अर्को बैठक पुनः १३ गते मंसिरमा बस्ने गरि आज सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार १३ मंसिरको बैठकमा दुवै अध्यक्षको प्रस्तावमाथि छलफल हुने र पार्टीभित्र भएको विभिन्न विवाद समाधानको प्रयास गरिने उनको भनाइ छ ।