|  

धादिङको खानीखोलामा ट्रकको ठक्करवाट वालकको मृत्यु

३ मंसिर, धार्के - त्रिभुवन राजपथ अन्तर्गत धादिङको खानीखोलामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

आज दिउसो काठमाण्डौबाट नारायणगढ तर्फ जाँदै गरेको ना ६ ख ४९४७ नम्बरको ट्रकको ठक्करवाट स्थानिय ८ बर्षीय रितेश तामाङको घटनास्थलमै मृत्यु भएको हो । 

ट्रकको ठक्करवाट बालकको मृत्युभएपछि स्थानियले राजमार्ग दुबैतर्फी बन्द समेत गरेका थिए । यद्धपी अहिले राजमार्ग एकतर्फि खुलेको ईलाका प्रहरी कार्याललय खानीखोलाका प्रहरी निक्षिक रुपा थापाले जानकारी दिईन् । 
प्रहरी निरिक्षक थापाको अनुसार अहिले ठक्कर दिने ट्रक चालक प्रहरी नियन्त्रणमा छन ।