|  

अब कथा कोल्डवारतिर मोडिने छन्– गोकुल बास्कोटा

३ मंसिर, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद चर्किँदै गएपछि पार्टी फूटको नजिक पुगेको भन्दै टिकाटीप्पणी भइरहेका बेला पूर्वमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गोकुल बास्कोटाले एक ट्वीट गर्दै नेपाल कम्युनिष्ट पार्टी ‘ब्याटलग्राउण्ड’ किस्सा अब ‘कोल्डवार’ कथातिर मोडिने बताएका छन् । उनले आज बुधबार ट्वीट गर्दै अबका दश दिन कथाकारहरुलाई सास्ती हुने भो भनेर ब्यङ्ग्य गरेका छन् ।


'नेपाल कम्युनिष्ट पार्टी ब्याटलग्राउण्ड किस्सा अब कोल्डवार कथातिर मोडिने छन् अबका दश दिन कथाकारहरुलाई सास्ती हुने भो।'

पार्टीका दुई अध्यक्षको कुरा नमिलिरहेका कारण आज बसेको सचिवालय बैठक फेरि आगामी १३ सम्मको लागि स्थगित भएको छ ।