|  

कोरोना संक्रमितको निःशुल्क उपचार गर्न मन्त्रालयको अर्को परिपत्र, नमान्नेलाई कारवाही गरिने

३ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःशुल्क उपचार गर्न अर्को नयाँ परिपत्र जारी गर्दै निशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने चेतावनी दिएको छ । कतिपय अस्पतालहरुले कोरोना संक्रमितको निशुल्क उपचार नगरेको जनगुनासो आइरहेको भन्दै सबै अस्पतालहरुको नाममा  मन्त्रालयले बुधबार राति पुनः अर्को परिपत्र जारी गर्दै निस् शुल्क उपचार नगराउने अस्पताललाई कारवाही गर्ने चेतावनी दिएको हो ।


‘यसअनुसार निःशुल्क उपचार गर्ने अस्पतालहरुलाई नियमानुसार शोधभर्ना रकम उपलब्ध गराइने र यसविपरित गर्ने अस्पतालहरुलाई नियमानुसार कारबाही गसमेत गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा. समिरकुमार अधिकारीले भनेका छन् ।