|  

प्रहरीमा एक एआइजी सहित पाँच डिआइजीको दरबन्दी थपियो

४ मंसिर, काठमाडौं - नेपाल प्रहरीमा एक अतिरिक्त महानिरीक्षक (एआईजी) र पाँच जना नायब महानिरीक्षक (डीआइजी) को दरबन्दी थप भएको छ । 

गृह मन्त्रालय स्रोतका अनुसार एक जना एआईजी र पाँच जना डीआईजीको दरबन्दी थप गर्न ‘ओएनएम’ स्वीकृत भएको छ।

स्रोतका अनुसार महानगरीय प्रहरी कार्यालयमा पनि एआईजी राख्ने निर्णय भएको छ। यसअघि एआईजीको दरबन्दी घटाएर तीनमा झारिएको थियो। यसैगरी डिआईजीको दरबन्दी अब १९ पुगेको छ।

प्रहरी नियमावलीमा उपलब्ध एआईजीमध्येबाट वा एआईजी नभए डीआईजीमध्येबाट आईजिपी नियुक्त गर्नुपर्ने व्यवस्था छ। 

यसअघि सरकारले १२ डीआईजीको दरबन्दी घटाएर १४ मा झारेको थियो। त्यसअघि प्राविधिकसहित १६ एआईजीको दरबन्दी घटाएर ४ मा झारिएको थियो।