|  

नेपाल-भारत रेल वे परियोजनालाई पूर्णता दिन नेपाल भारत दुई पक्षका सरकार सहमत

५ मंसिर,काठमाडौं - नेपाल-भारत जोड्ने निर्माणाधिन रेल वे परियोजनालाई पूर्णता दिनका लागि नेपाल सरकार र भारत सरकार दुई पक्षका प्रतिनिधिहरुबीच छलफल भएको छ ।

आज भिडियो कन्फ्रेन्सिङ मार्फत संयुक्त कार्यदलको बैठकमा नेपाल–भारत जोड्ने निर्माणाधिन रेल वे परियोजनालाई पूर्णता दिनका लागि नेपाल सरकार र भारत सरकार दुई पक्षका प्रतिनिधिहरुबीच छलफल भएको हो ।

बैठकमा, भारतको रेलवे मन्त्रालय ट्राफिक ट्रान्पोर्टेशन –एफ का कार्यकारी निर्देशक डाक्टर मनोज सिंह र नेपालीबाट भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयका सहसचिव इन्जिनियर गोपाल प्रसाद सिग्देलसहित अन्य सरोकारवाला व्यक्तिहरु सहभागी भएको भारतिय राजदुतावासले जानकारी दिएको छ ।
 
त्यस्तै बैठकले जयनगर–बिजलपुरा–बर्दिवास र जोगवनी–विराटनगर क्रस बोर्डर रेलवे परियोजनाका विषयमा भएका प्रगतिबारे समेत समिक्षा गरेको छ । पुरा भइसकेको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४ किलोमिटर रेलवे लाईन सञ्चालनका क्रममा आवश्यक पर्ने मापदण्ड र प्राविधिक विषयमा पनि छलफल भएको दुतावासले प्रकाशित् गरेको विज्ञप्तीमा उल्लेख छ । 

बेलायत सरकारकै पालामा निर्माण जयनगर– कुर्था रेलवे परियोजना भारत सरकारको सहयोगमा स्तरोन्नती गरिएको हो । नेपाल सरकारले भर्खरै मात्र यस रेलवे लिंकमा सञ्चालन गर्नका लागि भारतबाट दुुईवटा डेमु रेल सेट ल्याएको थियो । त्यस्तै बैठकमा कुर्थादेखि बिजलपुरासम्मको रेलवे लिंक निर्माण पूरा गर्नका लागि आवश्यक समन्वय गर्ने विषयमा पनि छलफल भएको छ । त्यस्तै, विराटनगर–जोगवनी रेलवे निर्माणको कामलाई पनि तिव्र रुपमा अघि बढाउने पनी सहमति भएको  विज्ञप्तीमा उल्लेख छ ।