|  

यी हुन् कोरोना व्यवस्थापनमा उत्कृष्ट काम गर्ने ११ स्थानीय तह

१३ मंसिर,काठमाडौं - गण्डकी प्रदेशले कोरोना महामारीको व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने ११ वटा स्थानीय तहको सूची सार्वजनिक गरेको छ। 

स्वास्थ्य निर्देशनालय पोखराले ११ जिल्लाबाट एक÷एक स्थानीय तहलाई महामारी व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने स्थानिय तहको नाम समावेश गरेको सूची सार्वजनिक गरेको हो । भौतिक पूर्वाधार विकास मन्त्रालयले महामारी व्यवस्थापनमा उत्कृष्ट काम गर्ने स्थानीय तहको सूची माग गरेपछि विभिन्न कामको आधारमा ११ स्थानीय तह छनोट गरेर सूची तयार पारिएको स्वास्थ्य निर्देशनालयका शाखा अधिकृत नगेन्द्र पौडेलले बताए । 

उत्कृष्ट व्यवस्थापन गर्नेमा पर्वतको जलजला गाउँपालिका, कास्कीको पोखरा महानगरपालिका, म्याग्दीको मङ्गला गाउँपालिका, मुस्ताङको घरपझोङ्ग गाउँपालिका, स्याङ्जाको पुतलीबजार नगरपालिका, तनहुँको देवघाट गाउँपालिका, लमजुङको सुन्दरबजार नगरपालिका, मनाङको चामे गाउँपालिका, गोरखाको आरुघाट गाउँपालिका र नवलपुरको देवचुली नगरपालिका रहेका छन् ।

कोरोना महामारीको समयमा क्वारेन्टाइन व्यवस्थापन, सङ्क्रमितको उपचार तथा उद्धार महामारी रोक्नका लागि ती स्थानिय तहहरुले गरेका प्रयास लगायतका सूचकको आधारमा उनीहरुको मूल्याङ्कन गरीएको स्वास्थ्य निर्देशनालयका शाखा अधिकृत पौडेलले बताए ।