|  

नेकपा सचिवालय बैठक शुरु : प्रस्ताव पेश गर्दै प्रधानमन्त्री

१३ मंसिर,काठमाडौं - नेकपा केन्द्रीय सचिवालय बैठक शुरु भएको छ ।                        
प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा शुरु भएको बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो लिखित प्रस्ताव पेश गर्दैछन् ।

गएको कात्तिक २८ मा कार्यकारी अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले एकल प्रस्ताव पेश गरेका थिए । प्रचण्डको प्रस्तावमा उठाइएको प्रश्नहरुको जवाफ ओलीले आजको बैठकद्वारा दिने कार्यसूची छ ।

अध्यक्ष दाहालले पेश गरेको प्रतिवेदनप्रति असन्तुष्ट ओलीले त्यसको जवाफमा दिने भन्दै दश दिनको समय मागेका थिए ।
नेकपाले आगामी १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटीको बैठक समेत डाकेको छ ।