|  

प्रचण्डलाई जबाफ दिंदै प्रधानमन्त्री ओलीको छुट्टै प्रस्ताव

१३ मंसिर,काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले छु्ट्टै प्रस्ताव ल्याएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले यसअघि कार्यकारी अधयक्ष प्रचण्डले ल्याएको प्रस्तावलाई जवाफ दिनेगरी छुट्टै प्रस्ताव ल्याएका छन् ।

अब दुबै प्रतिवेदनमाथि छलफल हुने प्रवक्ता श्रेष्ठले बताए । दुबै प्रतिवेदन अध्ययन गरेर आगामी मंसिर १६ गतेका लागि अर्को बैठक तय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । अर्को बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ ।  
                            
आजको बैठकमा ओली, प्रचण्डसहित सचिवालयका ४ नेताले आफ्नो धारणा राखेको बताइएको छ ।