|  

एफएनसीसीआई चुनाव: प्रदेश केन्द्रीयसदस्य पदको मतपरिणाम सार्वजनिक हुँदै, सुदूरपश्चिमबाट सदस्यमा कुँवर विजयी

१३ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावको मतपरिणाम सार्वजनिक हुन थालेको छ । सुदूरपश्चिमबाट नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा पुष्पराज कुँवर विजयी भएका छन्। शनिबार भएको निर्वाचनमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका कुँवर प्रतिद्वन्द्वी देवबहादुर रोकायालाई पराजित गर्दै केन्द्रीय सदस्यमा विजयी भएका हुन्।

कुँवरले कुल खसेको १० मध्ये ८ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी देवबहादुर रोकायाले २ मत मात्रै प्राप्त गरेका छन्।

प्रदेशतर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा प्रदेश–२ बाट विजयकुमार शाह निर्वाचित भएका छन् । उनले १२ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी विनोदप्रसाद शाहले कुनै मत ल्याउन सकेनन् ।

गण्डकीबाट बाबुराम गिरी ९ मतसहित विजयी भए भने उनका प्रतिद्वन्द्वी निर्माणकुमार श्रेष्ठले ६ मत मात्रै ल्याए । लुम्बिनीबाट जसमेर मियाँले १० मतसहित चुनाव जितेका छन् भने उनका निटतम् प्रतिद्वन्द्वी हेमराज बन्जाडेले ९ मत मात्रै ल्याए ।

प्रदेश नं ६ बाट लालिमान बुढाले ७ मत ल्याएर जिते भने उनका निकटम् प्रतिस्पर्धी प्रकास अधिकारीले ३ मात्रै मत ल्याए ।

प्रदेश १ बाट यस पदमा यसअघि नै राजेन्द्र राउत निर्विरोध भइसकेका छन् । वागमती प्रदेशको मतगणना हुन बाँकी छ ।