|  

नेकपा सचिवालय बैठक: दुई अध्यक्षबीच घोचपेच, यस्तो छ ओलीले प्रचण्डलाई पेश गरेको जवाफी प्रस्ताव

१३ मंसिर, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रस्ताव पेश गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को प्रस्तावको जवाफसहितको प्रस्ताव पेश गरेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावको जवाफसहितको प्रस्ताव पेश गरेका हुन् ।

गत कात्तिक २८ गतेको बैठकमा प्रचण्डले पेश गरेको प्रस्ताव र सो प्रस्तावमा उठेका प्रश्नहरुको अध्यक्ष ओलीले जवाफ दिएका छन् । उनले पेश गरेको प्रस्ताव अध्ययनका लागि सचिवालय सदस्यहरुलाई वितरण गरिएको पार्टी प्रवक्त नारायणकाजी श्रेष्ठले बताए । 

लिखितरुपमा एक–अर्कावीच आरोप प्रत्यारोप लगाइरहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालवीच अचेल एक्लाएक्लैसम्वाद हुन छाडेको छ ।

शनिबार बालुवाटारमा भएको सचिवालय बैठकमा उनीहरुवीच स्वाभाविक भेट भयो । तर, आपसमा घोचपेच भयो ।

सचिवालय बैठक एक बजे बोलाइए पनि केही ढिलो गरी शुरु भएको थियो, जहाँ ओली र प्रचण्डले एकअर्का विरुद्ध बोले ।

बैठकको सुरुमा कार्यकारी अध्यक्ष प्रचण्डले गत मंसिर ३ को बैठकले अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई डकुमेन्ट लेख्नका लागि १० दिनको समय दिएको स्मरण गर्दै प्रस्ताव ल्याउनुभएको होला भनेर प्रस्तुत गर्न आग्रह गरे ।

त्यसपछि ओलीको लिखित प्रस्ताव खाममा राखेर सबै नेताहरुलाई वितरण भयो ।कार्यकारी अध्यक्ष प्रचण्डले कात्तिक २८ मा पेश गरेको प्रस्ताव र सात पृष्ठको पत्रको जवाफमा ओलीले ३८ पृष्ठको प्रस्ताव पेश गरेका छन् ।

बैठकमा बोल्ने सचिवालय सदस्यहरुले पार्टीभित्र देखिएको समस्या र संकटहरुको समाधान गर्न छलफल गरी अगाडी बढ्नुपर्ने बताएका छन् । अध्यक्षद्वय ओली र प्रचण्ड तथा अन्य सचिवालय सदस्यहरुले पार्टीको एकता बलियो बनाउनुपर्ने विषयमा जोड दिनुभएको प्रवक्ता श्रेष्ठले बताए। उनले अहिलेको पार्टीभित्रको बहसल एकतामा विचलन पैदा हुने र पार्टी फुटको दिशातिर जाने ढंगले नसोच्न पनि आग्रह गरे । उनले भने, ‘‘यो छलफल र बहसले एकतामा विचलन पैदा हुने वा फुटको दिशामा जाने ढंगले सोच्नु पर्दैन । एकताको रक्षा र सुदृढिकरण गर्न अहिलेको छलफल र बहसको सदुपाये गर्नुपर्छ भन्ने सबैको विचार हो ।’’

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का कार्यकारी अध्यक्ष प्रचण्डले आफूप्रति पूर्वाग्रह साँधेको आरोप लगाएका छन् । ‘केही केसहरुमा मलाई जबर्जस्ती जोड्ने धृष्टता गर्नुले तपाईँभित्र रहेको पूर्वाग्रह मात्रै दर्शाउँछ’, ओलीले शनिबारको सचिवालय बैठकमा प्रचण्डलाई दिएको जवावी प्रस्तावमा भनिएको छ, ‘वाइडबडी भनिने ‘एयरबस ३३०’ खरिद गर्दा सरकारमा को थियोरु ३८ क्विन्टलभन्दा बढी सुनको तस्करी हुँदा को सत्तामा थियो रु ललितानिवास प्रकरण कहिलेबाट र कोको हुँदै अगाडि बढेको थियो रु सबै स्पष्ट छैन र रु आफ्नै देशमा सुरक्षण मुद्रण प्रेस स्थापना गरेर डाटाहरुको सुरक्षा र वर्षेनी अर्बौंको स्रोत बाहिरिरहने अवस्था नियन्त्रण गर्न केही नीतिगत काम अगाडि बढेका छन् । तर यस विषयमा कुनै सम्झौता भएको छैन । सम्झौतै नभएको विषयमा मलाई जोड्नु भनेको हद दर्जाको पूर्वाग्रह मात्रै हो ।’

 नेपाल ट्रस्ट मातहत रहेका सम्पत्तिहरुको व्यवस्थापनका लागि संसदबाट ऐन बनाइएको उल्लेख गर्दै उनले विगतमा निकै सस्तो मूल्यमा लिजमा दिइएका सम्पत्तिहरुलाई व्यवस्थित मूल्याङ्कन गराएर पारदर्शी ढङ्गले लिजमा दिने प्रक्रिया अगाडि बढाइएको उल्लेख गरेका छन् । ‘यस सम्बन्धी श्वेतपत्र नै सार्वजनिक गरिएको छ । राज्यकोषमा करोडौै आम्दानी थपिने यस्ता विषयमा तपार्इंको असन्तुष्टि कतै तपार्इँ निकट कुनै व्यापारिक घरानाको स्वार्थ पूरा नहुँदाको चिन्ता त होइन रु स्वास्थ्य सङ्कटका बेला केही स्वास्थ्य सामग्री खरिदमा जोडिएको ओम्नी समूहका बारेमा अख्तियार र अदालतले अनुसन्धान अगाडि बढाइरहेकै छन् ।

नियमसम्मत ढङ्गले सार्वजनिक खरिद गर्नु पर्ने अधिकारीले गरेको खरिदमा अनियमितता भएको रहेछ भने दोषीले उन्मुक्ति पाउने छैनन् । तर यसलाई राजनीतिकरण गरेर तपार्इँले आफूभित्रको तुषमात्रै पोख्नुभएको छ’ ओलीको प्रतिवेदनमा भनिएको छ, ‘बजेटमा राजस्वका दररेट पहिल्यै चुहाइएको भन्ने आरोप फजुल हो । मैले त विगतमा भएका विभिन्न अपचलनहरुको उत्खनन गर्ने, दोषीहरुलाई कानुनी कार्बाहीको दायरामा ल्याउने र विगतमा फोहोर गरिएको स्थितिलाई सुधार्ने काम गरेको हुँ । सम्झौता गर्नेहरुलाई चोख्याउने र त्यसको उत्खनन गरेर कार्बाहीको दायरामा ल्याउनेलाई चााहिँ दोषी बनाउने रु विगतदेखिका अनेकौँ काण्डहरुमा वर्तमान सरकारलाई जबर्जस्ती मुछेर गरिने भ्रमपूर्ण प्रचारका पछाडि कसको हात छ भन्ने कुरा क्रमशः खुल्दै छ ।’

भ्रष्टाचारका थुप्रै विषय जनस्तरमा चर्चामा रहेको स्वीकार गर्दै ओलीले कतिपय मान्छेहरुले कतिपय विषयमा प्रचण्डलाई पनि जोड्ने गरेको आफूले पाएको उल्लेख गरेका छन् । ‘म त अख्तियार प्राप्त संस्थाले विधिसम्मत ढङ्गले गर्ने काममा राजनीतिक व्यक्तिहरु बोल्नु उचित हुँदैन भन्ने ठान्छु । यस्ता विषयमा प्रतिशोधको राजनीति गर्नु हुन्न, राज्यका सम्बन्धित अङ्गहरुलाई सुदृढ बनाएर कानुन बमोजिम टुङ्गोमा पु¥याउनु पर्छ भन्ने मान्यता राख्छु’, ओलीले क्यान्टोनमेन्टमा भएको भ्रष्टाचार प्रसंगप्रति संकेत गर्दै भनेका छन् ।  

ओलीले अगाडि भनेका छन्, ‘नियमित र वैध आम्दानीको स्रोत नभए पनि कतिपय नेताहरुको जीवनशैली एकदमै विलासी भएको, कतिपय नेताहरुको वर्ग उत्थान भएको, बसाइउठाइ अपारदर्शी भएको कार्यकर्ता र जनताको टिप्पणी छ । म त यस विषयमा केही नबोलौँला, व्यक्तिगत विषय पनि नबनाउँला । तर दुनियाँको मुख थुन्न सकिन्छ ररु यस विषयमा छलफल गर्न, अनुसन्धान गर्न र सुधारको विशेष अभियान चलाउन म तयार छु । तपाईं यसमा तयार हुनुहुन्छ ?’

ओलीले आफ्नो मौखिक भनाइ पनि बैठकमा राखेका छन् । प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्ताव एजेण्डाका रुपमा दर्ता नहुने भन्दै पार्टी एकताको रक्षा गर्ने हो भने त्यसलाई फिर्ता लिएर प्रचण्डले आत्मालोचना गर्नुपर्ने बताए ।

प्रस्तावमा आफूमाथि गलत लाञ्छनाहरु लगाइएकाले प्रचण्डले त्यसलाई फिर्ता लिएर क्षमा मागेपछि मात्रै पार्टी एकता अघि बढ्न सक्ने प्रधानमन्त्री ओलीको अडान थियो । 

सचिवालयको अर्को बैठक भने प्रधानमन्त्रीनिवास बालुवाटारमा नबस्ने भएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यका कारण नेकपाको सचिवालय र स्थायी कमिटीको बैठक बालुवाटारमै बस्दै आएको थियो । 

प्रवक्ता श्रेष्ठका अनुसार प्रस्ताव अध्ययन गरी छलफलका लागि अर्को बैठक मंसिर १६ गतेका लागि बोलाइएको छ । पार्टी कार्यालय धुम्बाराहीमा १६ गते दिउँसो एक बजे बस्ने बैठकले दुईअध्यक्षका प्रस्तावमाथि छलफल अगाडी बढाउने उनले बताए ।