|  

चिनियाँ रक्षामन्त्री आज एकदिने भ्रमणका लागि नेपाल आउँदै

१४ मंसिर, काठमाडौं । सरकारले चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङही आज आइतबार एकदिने भ्रमणको लागि नेपाल आउँदैछन् । 

एक दिने भ्रमणका क्रममा फेङ्गेले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवम् रक्षामन्त्री केपी शर्मा ओलीका साथै प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गर्नेछन्। फेङही सोही दिन (आइतबार) नै स्वदेश फर्किनेछन्।

भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृगंलाको दुई दिने नेपाल भ्रमणलगत्तै हुन लागेको चिनियाँ रक्षामन्त्रीको आगमनलाई चासोका साथ हेरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी भित्र विवाद बढ्दै गएको अवस्थामा फेङ्हेको भ्रमणलाई महत्वका साथ हेरिएको छ।