|  

इंग्लिस प्रिमियर लिग: बर्न्लेमाथि म्यान्चेस्टर सिटीको फराकिलो जित

१४ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिरभपुललाई ब्राइटनले १–१ गोलको बराबरीमा रोकेको छ ।

ब्राइटनको मैदानमा गएराति भएको खेलमा पाहुना टोली लिरभपुलका डिएगो योटाले पहिलो गोल गरे ।

अन्तिम मिनेटमा ब्राइटनका पास्कल ग्रसले एक गोल फर्काउदै खेललाई बराबरीमा पुर्याए ।
यो खेलमा लिरभपुलका स्टार खेलाडिहरु मोहोमद सालाह र सािदयो मानेले दुई वटा पेनाल्टी प्रहारको अवसर खेर फालेका थिए ।

प्रिमियर लिगकै अर्को खेलमा म्यान्चेस्टर सिटीले बर्न्लेमाथि ५–० को फराकिलो जित निकाल्यो ।

सिटीको जितमा रियाद माहारेजको ह्याट्रिक तथा बेन्जामिन मेन्डी र फेरान टोरेसको एक एक गोल सामेल थियो ।

गएराति नैं लिड्स युनाईटेडले एभर्टनलाई १–० ले हराउँदा वेष्ट ब्रोमले शेफिल्ड युनाईटेडलाई १–० ले पराजित गर्यो । जारी लिगमा वेष्ट ब्रोमको यो पहिलो जित हो ।