|  

केन्द्रीय कारागार सुन्धारामा कैदीको शंकास्पद मृत्यु : हत्या भएको परिवारको आरोप

६ असोज, काठमाण्डौं -  केन्द्रीय कारागार सुन्धारामा कैद सजाय भोगीरहेका राम लखन जैसवालको शंकास्पद मृत्यु भएको छ । 

कैद सजाय भोगीरहेका रुपन्देहीको सिद्धार्थ नगरपालिका–५ घर भएका ६३ वर्षीय जैसवालको गत असोज ३ गते शनिबार उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । यद्धपी मृतक जैसवालको परिवारले भने प्रहरीद्धारा हत्या गरियको दावी गरेको छ ।
उता,जेल प्रशासनले भने जैसवालको, उपचारकै क्रममा मृत्यु भएको बताएको छ । ‘मृतक जैसवाल दीर्घरोगी हुनुहुन्थ्यो, स्वास्थ्यमा समस्या देखिएपछी गत शनिवार राति पौने १० बजे अस्पताल लगिएको थियो, अस्पताल पुर्याईएको करिव आधा घण्टामै उहाँको मृत्यु भयो ।’ केन्द्रीय कारागारका जेलर लक्ष्मी बाँस्कोटाले बताए ।
  
जेलर देवकोटाका अनुसार मृतक जैसवालको स्वाभाविक मृत्यु भएको हो । उता मृतक जैसवालको मृत्युपछि कोरोना भाइरस पोजेटिभ रिपोर्ट आएको छ । कोरोना पोजेटिभ भएका व्यक्तिको शव आफन्तले दाहासंस्कार गर्न नपाउने कार्यविधि अनुसार कारागारले परिवारलाई शव दिएको छैन ।  तर, परिवारले भने हत्या भएको दावी गर्दै गम्भिर छानविनको माग गरेका छन् । 

यता मृतकको घाँटी र टाउकोमा चोट लागेको भन्दै प्रहरीले भनेजस्तो स्वभाविक मृत्यु नभई हत्या भएको भन्दै जैसवालका परिवारले गहिरो छानबिन हुनुपर्ने माग गरेको छ ।

जैसवाल कर्तव्य ज्यान मुद्धामा ८ वर्षदेखि कैन्द्रीय कारागार सुन्धारा जेलमा थिए । उनी पूर्व जनप्रतिनिधि समेत हुन् । उनको आँउदो असोज २२ गते जेलमुक्त हुँदै थिए ।