|  

नागरिकका पत्रकारहरुको सत्याग्रहमा फोटो पत्रकार समूहको ऐक्यबद्धता

८ असोज काठमाडौं -  नागरिक दैनिकमा कार्यरत सुविद गुरागाईँ लगायतका पत्रकारहरु विगत ४ दिन देखि सत्याग्रह अभियानमा छन् ।

श्रमको सम्मान र मासिक तलवको लागि सत्याग्रह बस्नुभएका उहाँहको हौसला र सर्घषको लागि लागि राष्ट्रिय फोटोपत्रकार समूह एनएफपीजे ऐकवद्धता जनाएको छ । उक्त सत्याग्रह बसेको ठाउँमा राष्ट्रिय फोटोपत्रकार समूहका महासचिव प्रदिवराज वन्तको नेतृत्वमा पुगेका फोटोपत्रकारले क्यामरा डाउन ऐकवद्धता जनाएका हुन् ।

फोटो पत्रकारहरुको श्रमको मु्ल्य र हकहितकोे लागि दवाद दिन जुनसुुकै सर्घषका कार्यक्रमहरुमा एकतावद्ध भएर अगाडी बढ्न एनएफपीजे नेताल तयार रहेको समेत वन्तले प्रतिवद्धता जनाउनु भएको छ ।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व सचिव धमेन्द्र झाको नेतृत्वमा २५ सदसिय वृहत पत्रकार तथा फोटोपत्रकार पिडित संघर्ष समिति वनाइएको छ । साथै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य जन्मदेव जैसिले पनि पत्रकारहरुको हकहितको लागि भोलीका दिनमा जस्तो सकै कदम चाल्न पत्रकार महासंघ दृढरहेका वताउनु भयो ।

कोरोनाको महामारी र बन्दाबन्दीले दश प्रतिशत पत्रकार बेरोजगार भएका एक अध्ययन प्रतिवेदनले देखाएको छ । नौ प्रतिशतको तलब कटौती भएको र २० प्रतिशत पत्रकारले तलब पाउन सकेका छैनन् । एक तिहाइले चार महिनादेखि तलब पाउन नसकेको अध्ययनले देखाएको हो ।

कोरोना महामारी तथा बन्दाबन्दीले पारेको असरका कारण दुईतिहाई पत्रकारलाई आफ्नो दैनिक घरखर्च चलाउनमा समस्या परेको छ । आम्दानीमा कमी भएका कारण नियमित पारिश्रामिक भुक्तानी गर्न नसक्ने सञ्चारगृहको सङ्ख्या करिब १४ प्रतिशत छ ।

तीमध्ये धेरैले बन्दाबन्दी लागू भएदेखि नै तलब भुक्तानी गर्न सकेका छैनन् । तीन प्रतिशतभन्दा बढी सञ्चारगृहले खर्च व्यवस्थापनका लागि कर्मचारी कटौती गरेका छन् भने करिब सात प्रतिशतले आफ्ना कर्मचारीको तलब कटौती गरेको प्रतिवेदनमा छ ।

२०७७ असोज ४ गते आइतबार सर्वोच्च अदालतले श्रमजीवी पत्रकार ऐनअनुसार ठूला सञ्चार गृहले कल्याणकारी कोष खडा गर्ने सम्बन्धमा भएको प्रगति विवरण प्रत्येक दुई महिनामा बुझाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो ।