|  

ठूलामिडिया मालिकको 'कृत्रिमगठबन्धन' पत्रकारलाई दबाउनमात्रै, वास्तविकता त पानी बाराबार !

आश्विन १०, काठमाण्डौ- देशमा प्रजातन्त्रको उदयसँगै स्थापित केही सीमित नेपालीमिडियाको यसरी अघोषित दादागिरी शुरु भयो कि, त्यसका विरुद्ध नयाँमिडियाको प्रतिष्पर्धालाई 'दुस्साहस'को संज्ञा दिईन्थ्यो । दिनुपर्ने कारण यसअर्थमा थियो कि, एकाधिकारसम्पन्न ती मिडियासँग प्रतिष्पर्धा गर्नु भनेको 'पूर्वघोषित खरानी' हुनुजस्तो थियो । तर, अहिले समय फेरिएको छ, प्रतिष्पर्धा दिनप्रतिदिन नयाँ-नयाँ मिडियाहाउसको 'ईन्ट्री' बाक्लिँदो अवस्थामा छ ।

कुनै जमाना कतिसम्म थियो कि नेपाल पत्रकार महासङ्घको भाईटल पदमा उम्मेदवारी हुन बिगमिडिया हाउसमा कार्यरतको पृष्ठभूमि आवश्यक हुन्थ्यो । यसलाई एक नजीर वा विम्वको बुझ्दा हुन्छ ।

ठूलामालिक एककित्तामा उभिने प्रपञ्च:
पछिल्लोसमय धेरै मिडिया उदाएसँग केही मिडियाहरुको सामूहिकस्वार्थ र सह-अस्तित्वको लागि मिडिया एलाईन्स नेपाल नामक संस्थाबाट एककित्तामा उभिने प्रयास गरेका छन् ।

सञ्चार उद्यममा देखा परेका साझा समस्याको समाधान गर्नका लागि असोज ७ गते बुधबार एक कार्यक्रममार्फत मिडिया एलाईन्स नेपाल नामक संस्था स्थापना गरिएको छ ।

सञ्चारसम्बन्धी नीति र कानुन निर्माणमा सञ्चार उद्यमीको दृष्टिकोण राख्ने, तिनलाई जनउत्तरदायी बनाउने तथा सञ्चारक्षेत्रमा कार्यरत पत्रकार, कर्मचारी र कामदारको हकहित संरक्षणका साथै उद्यमीको लगानीको संरक्षणमा पहल गर्ने उद्देश्यले सञ्चार उद्यमीहरुको साझा संस्थाको रुपमा एलाईन्स स्थापना भएको बताईएपनि भित्री उद्देश्य भने श्रमजीवी प्रत्रकार पेल्न र दबाउन तथा सरकारलाई प्रभावमा पार्नकै लागि हो, भन्न कुनै आइतबार कुर्नुपर्छजस्तो लाग्दैन ।

संस्था दर्ता प्रक्रियामा रहेकाले हाल एभिन्युज टेलिभिजनमालिक भाष्करराज राजकर्णिकारको संयोजकत्वमा तदर्थसमिति गठन भएको छ ।

एलाईन्सले सञ्चारक्षेत्रमा रहेका पूराना र काम नलाग्ने कानुनको खारेजी वा संशोधनका लागि पहल गर्ने बताएको छ । सञ्चार माध्यममा स्वनियमको अधिकार प्रदान गरी आफैंले नियमनको व्यवस्था गर्न गराउनसमेत पहल गर्ने संस्थाले उद्देश्य राखेको बताईएको छ ।  

त्यस्तै एउटा सञ्चारगृहमा रकम भुक्तानी नगरी अर्को सञ्चारगृहमा कारोबार गर्ने, सञ्चारगृहलाई भुक्तानी गर्नुपर्ने रकम लामोसमयसम्म भुक्तानी नगर्ने व्यक्ति, संस्था वा निकायलाई कालोसूचीमा राख्ने व्यवस्थाको लागि संस्थाले पहल गर्ने जनाएको छ । सञ्चारउद्यमीलाई परेका समस्याको समाधानका लागि सामूहिकप्रयास गर्ने तर कुनै संस्थाको आन्तरिकमामिलामा प्रवेश नगर्ने उद्देश्य राखेको छ, तर श्रमजीवीपत्रकारको बारेमा उदासीन छ, तसर्थ पनि माथि दाबी गरिएझैं एलाईन्सको भित्रीमक्सद् आफ्नो स्वार्थपूर्ति गर्ने र पत्रकारमाथि दबाउने नै हो, जसमा एक मिडियाहाउसले पत्रकारलाई पीडित बनाउँदा अर्को चुप रहने वा बेवास्ता गर्ने हो ।

तदर्थसमिति अध्यक्षमा एभिन्यूज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकार, उपाध्यक्षमा राजधानीका अध्यक्ष महेन्द्र शेरचन र माउण्टेन टेलिभिजनका राजु कँडेल, महासचिवमा ईमेज च्यानलका सिईओ लक्ष्मण हुमागाईं कोषाध्यक्षमा इम्प्रेसन पब्लिकेसनमा सिईओ उज्वल शर्मा छन् । तदर्थसमितिका अध्यक्ष तिनै पात्र हुन्, जसले एभिज्युज टेलिभिजनमा काम लगाएर श्रमजीवीपत्रकारलाई ६ महिनासम्म पारिश्रमिक नदिई माग्दा कुटेका थिए ।

त्यस्तै राजधानी दैनिकका श्रमजीवीपत्रकारले आफूले पाउने पारिश्रमिक लिनलाई अदालतको ढोका ढकढक्याउनु परेको घटना इतिहासमा साक्षी छ ।
 
सदस्यहरुमा जनता प्रकाशनका डा. विजय पौडेल, प्राईम टेलिभिजनका ऋषि धमला, एपीवान टेलिभिजनका राजेन्द्र शाक्य र नेपाल रिपब्लिक मिडियाकी सम्वृद्धि ज्ञवाली छन् ।  

यस्तै समितिको सल्लाहकारमा नेपाल रिपब्लिक मिडियाका अध्यक्ष विनोदराज ज्ञवाली र अन्नपूर्ण नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा रहेका छन् ।  

एकको अस्तित्व अर्कालाई अस्वीकार्य:
उद्देश्य जे राखेर गरिएको भएपनि ठूलामिडिया मालिकहरुको एलाईन्सभित्रै एकले सहजै अर्कोलाई स्वीकार्न सकेका भने छैनन् । उनीहरुको लागि 'पहिलोगाँसमै ढुङ्गा लागिसकेको' तदर्थसमिति गठनको झल्कोले देखाउँछ । समितिको संयोजक भाष्करराज राजकर्णिकारकाई स्वीकार्न नसक्दा रिपब्लिक मिडियाका अध्यक्ष विनोदराज ज्ञवाली र अन्नपूर्ण नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा समितिमा बस्न सकेका छैनन् । उनीहरू समितिलाई समेत सल्लाह दिने सन्देश दिन 'मुटुमाथि ढुङ्गा राखी हाँस्नुपर्‍या छ,' अवस्थामा सल्लाहकारमा बसे ।

त्यस्तै कतिपय मिडियाका मालिकले राजजर्णिकारलाई स्वीकार्न नसक्दा मालिकहरु बस्ने समितिमा आफ्ना कर्मचारीलाई पठाएर टारेका छन् ।

मालिकहरुबीच पानी बाराबार:
एलाईन्स जति बलियो बन्छ, बनाईयो वा बन्नेवाला छ भनेपनि विगतदेखि नै ठूलामिडियाका मालिकहरुबीच पानी बाराबारको अवस्था झनै झाँगिएर गएको छ । उनीहरुबीच तिक्ततापूर्ण सम्बन्धको मुख्य कारण भने जम्मा २ वटा छन्, एक आर्थिक कारोबार र अर्को 'मपाईंत्त्व' र अहमता हो ।

कान्तिपुर मिडियाका प्रमुख कैलाश शिरोहिया र अन्नपूर्ण मिडियाका प्रमुख क्याप्टेन रामेश्वर थापाबीच त बोलचाल नहुनु मात्रै होईन, पानी बाराबारको अवस्था छ । उनीहरुबीच कुनै कार्यक्रममा एक उपस्थितिमा अर्कोको अनुपस्थिति अनिवार्य हुन्छ, रात र घामजस्तो । त्यस्तै कैलाश शिरोहिया र रिपब्लिक मिडियाका प्रमुख विनोदराज ज्ञवालीबीच पनि पानी बाराबारकै अवस्था छ । शिरोहियाको थापा र ज्ञवालीसँगको तिक्ततापूर्ण सम्बन्ध नयाँ भने होईन । उनीहरुबीच 'खान्दानी दरार' हो । कान्तिपुरबाट नागरिक छुट्टिँदा होस् वा अन्नपूर्ण छुट्टिँदाकै होस् ।

त्यस्तै कैलाश शिरोहियासँग थाहासञ्चारका प्रमुख अजयराज सुमार्गीबीचको सम्बन्ध त काटामारजस्तो थियो, कुनैबेला । यद्यपि पछिल्लोसमय उनीहरुबीच त्यही तहको दरार छैन । यी दुईबीचको सम्बन्ध दरार हुनुको कारण भने अर्कै छ, त्यो भनेको आर्थिक कारोबार हो । कुनैबेला त यी दुईबीचको आरोप-प्रत्यारोप छताछुल्ल हुँदै प्रहरीकार्यालयमा एकअर्काविरुद्ध ज्यानको सुरक्षा माग्न पुगेका थिए ।

तदर्थसमितिमा यसकारण सबै मिडियाहाउस अटाएनन्:
बुधबार गठित एलाईन्सको तदर्थसमितिमा सगरमाथा, एबीसी, कान्तिपुर, न्युज २४ लगायतका टेलिभिजन अटाएका छैनन् । कारण हो, रिपब्लिक र अन्नपूर्णका मालिकद्वय ज्ञवाली र थापाको उपस्थिति । यी दुईको उपस्थितिमै यतिविध्न टेलिभिजन छुट्नुमा समितिमा नबसेतापनि यी दुई जबर्जस्त प्रभावलाई लिईएको छ ।

अस्तित्व लडाईंमा ठूलामिडिया:
यतिका वर्षसम्म एकता र गठबन्धन गर्नु नपरेका मिडियामालिकहरुलाई एकाएक गठबन्धन गर्नुपर्ने बाध्यता किन आईपरेको हो भने, पछिल्लोसमय व्यापकमात्रामा साना तथा मझौला मिडियाहाउसको स्थापना, त्यसबाट जबर्जस्त काउण्टर, जनतामा ठूलामिडिया निरन्तर खुम्चिँदै जानु र सानामिडिया आक्रमक तरिकाले नेटवर्क फैलाउनु तथा कोरोनाकहरबाट निरन्तर कागजी पत्रीका धराशायी बन्नु नै हो । जसको प्रत्यक्ष प्रभाव आर्थिकसङ्कटसँगै सरकारमा पार्दैआएको प्रभाव घट्नु हो ।

विश्वभर नै कागजबाट कोरोना भाईरस सर्ने भन्दै दिनप्रतिदिन पत्रीका छपाईमा तीब्र सङ्कुचन आईरहेको छ । अमेरिकाबाट प्रकाशित न्यूयोर्क टाईम्सजस्ता विश्वप्रसिद्ध पत्रीकाको छपाई पनि लाखको दरले घटेको छ । कान्तिपुर मिडियाबाट प्रकाशित हुँदै आएको नेपाल तथा साप्ताहिकजस्ता पत्रीका बन्द नै भईसकेका छन् । दुनियाँ प्रतिदिन अनलाईन र डिजिटलाईजेशनको तीब्र विकासमा दौडिरहँदा परम्परागत ढर्राका मिडियाहरु बिस्तारै ओरालो लाग्दैछन्, जसको प्रत्यक्ष असर जनतामा प्रभाव घट्नु र त्यसको प्रत्युत्तरमा सरकार तथा राज्यमा आफ्नो पकड दुमाउनपुग्नु हो ।

नसमेटिएकाहरुको छुट्टै गठबन्धन बन्दा:
बुधबार गठित गठबन्धनमा नसमेटिएका अरु ठूलामिडियाहरुले पनि यस्तै प्रकृतिको अर्कोसङ्गठन बनाउने सम्भावना प्रवल छ । बनिसकेको सङ्गठनलाई 'देखाईदिनका लागि' पनि त्यसो हुनसक्ने शङ्काको सुविधा छ । यदि त्यस्तो अवस्था आए अब पहिलाजस्तो राज्यका निकायले मिडियासँग 'होलसेलडिल' गर्ने वातावरण भत्किने छ । सरकारले पनि प्रेसप्रतिको सदिच्छा बाँडिने छ । साथै, सरकारले कुन मिडियाप्रति विश्वास गर्ने भन्ने दोसाँधको सृजना हुनेछ ।

पत्रकारहरुमा थप एकता आवश्यक:
मिडियामालिकहरुबीच घोषित रुपमा गठबन्धन नहुँदा त पत्रकारका हविगत उदेकलाग्दो छ, भने झनै घोषित रुपमा मालिकहरु एक हुँदा पत्रकारका पेशागत सुरक्षामाथि थप दबाब महशुस हुनेछ । तसर्थ राजनीतिकआस्थाको आधारमा कित्ताकाट हुने तथा एकअर्काविरुद्ध उछित्तोकाट्ने प्रवृत्तिको अन्त्य स्वभाविक र समयको माग हो ।

सरकारले ठूला-साना नभनेर सबै मिडियाप्रति सदिच्छा राख्न आवश्यक:
पछिल्लोसमय व्यापकमात्रामा साना तथा मझौला मिडियाहाउसको स्थापना, त्यसबाट ठूलामिडियालाई जबर्जस्त काउण्टर, जनतामा ठूलामिडिया निरन्तर खुम्चिँदै जानु र सानामिडिया आक्रमक तरिकाले नेटवर्क फैलाउनु तथा कोरोनाकहरबाट निरन्तर कागजी पत्रीका धराशायी बन्दै गएको अवस्थामा जनताको सहज पहुँचताले सानोमिडिया पनि मूल स्ट्रीममा आईसकेको छ ।
लोकतन्त्रको परिपूरक स्वतन्त्र प्रेसस्वतन्त्रता भएकोले अब सरकारले लोकतन्त्रलाई जीवन्त दिईरहन प्रेसप्रति थप सदिच्छा राख्नु आवश्यक छ । जसका लागि 'दोस्रोदर्जा'को हेपाईमा पर्दै आएका सानामिडियालाई पनि व्यवस्थित वा नियमन गरी सम्मानपूर्वक बाँच्ने वातावरण मिलाउनु लोकतान्त्रिकराज्यको कर्तव्य ठहरिन्छ भन्नु वाञ्छनीय हुन्छ ।