|  

प्रमोद खरेल र ऋचा शर्माको ‘छाती चिरेर’ बजारमा

१३ असोज, काठमाडौं - गायक प्रमोद खरेलले सार्वजनिक गरेको ‘छाती चिरेर’ बोलको गीत सार्वजनिक भएको छ ।

हरि लम्सालको संगीत र प्रमोद खरेलकै शब्द रहेको उक्त गीतले मायाको तिर्सना बोलेको छ ।  गीतका शब्दमा  प्रेम, वियोग, प्राप्त रचिएका छन् । गीतको अडियो जस्तै भिडियो पक्ष पनि उत्कृष्ट छ । निर्देशक दिपक प्रसाद आचार्यको उत्कृष्ट निर्देशनमा यो भिडियो पर्छ । भिडियोमा गायक प्रमोद खरेल र नायिका ऋचा शर्माले अभिनय गरेका छन् ।

प्रेम गर्नका लागि मान्छेको भौतिक शरीर रहनु र नरहनुले खासै फरक पार्दैन भन्ने भाव भिडियोमा छ । भिडियोमा प्रयोग गरिएका केही दृश्यको अरु दृश्यसँगको कनेक्शन उत्कृष्ट छ । चन्दन दत्तको सम्पादन, अर्जुन तिवारीको छायांकन रहेको छ ।
भिडियो