|  

कक्षा १२को परीक्षा : मन्त्रीपरिषदमा बिकल्प पेश भैसक्दापनी किन निर्णय गर्दैन सरकार ?

१४असोज,काठमाडौं - बिशवब्यापी माहामारीको रुप लियर फैलिएको  कोरोना भाईरस अर्थात् कोभिड– १९ को कारण स्थगित भएको कक्षा १२ को परीक्षा सञ्चालनका लागि शिक्षा मन्त्रीबाट मन्त्रपिरिषदमा विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाई हुंदा अभिभावक र विद्यार्थीमा अन्योलता छाएको छ । 

राष्ट्रिय परीक्षा बोर्डले कोरोना संक्रमण बढ्दो अवस्थामा रहे परीक्षा लिनसक्ने स्थिति नभएमा कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गर्ने वा परीक्षा नलिई आन्तरिक मूल्याङ्कन र कक्षा ११ को प्राप्ताङ्कलाई ५०/५० प्रतिशत मानी प्रमाणीकरण गर्नेलगायत विकल्पसहितको सुझाव दिएको थियो । तर उक्त सुझाव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत् मन्त्रिपरिषदमा पुगेको भए पनि हालसम्म निर्णय नहुँदा अभिभावक र विद्यार्थी अन्योलमा छन् । 

उता राष्ट्रिय परिक्षा बोर्डले दशैंअघीनै कक्षा १२ को परिक्षा गर्ने तयारी गरेपनी सरकारले तत्काल निर्णय नगरे दसैं अघि परीक्षा हुने सम्भावना कम हुनेछ । त्यसो त दसैंपछि हिमाली जिल्लामा पनी परीक्षा गराउन झन् कठिन हुनेछ । यस्तो स्थितिमा भने आन्तरिक मूल्याङ्कन र कक्षा ११ को नजितालाई ५०/५० प्रतिशत मानेर प्रमाणीकरण गराउने विकल्प बलियो हुनसक्ने जनाएको छ ।

४० नम्बरका लागि अनलाइनमा परीक्षा गराउँदा खुला पुस्तक परीक्षा (ओपन बुक एक्जाम) हुने भएकाले यसको विश्वसनीयता र सबै स्थानमा अनलाइनको पहुँचको सम्भाव्यता बारे प्रश्न समेत उत्पन्न भएका छन् । 

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कक्षा १२ को परीक्षा बोर्ड परीक्षा भएको र यसको अन्तर्राष्ट्रिय समकक्षतासमेत हुनुपर्ने भएकाले कुनै न कुनैरूपमा परीक्षा गराउने पक्षमा आफूहरू रहेको केही दिनअघि बताएका थिए ।

यदी अनलाइन परीक्षा भएमा परीक्षाका लागि समय कति, परीक्षा केन्द्र कहाँ राख्ने, प्रश्न कसरी विद्यार्थीमा पु¥याउने, उत्तरपुस्तिका कसरी सङ्कलन र मूल्याङ्कन गर्ने र नतिजा कहिलेसम्म प्रकाशन गर्ने जस्ता प्रश्न उत्पन्न भएका छन् ।