|  

सार्वजानिक यातायातमा सिसिटिभी र जिपिएस जडान !

२९ चैत, काठमाडौं ।  सार्वजानिक यातायातलाई सुरक्षित र भरपर्दो बनाउन उदयपुरमा लामो दुरीका सवारी साधनमा सिसिटिभी र जिपिएस जडान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयको संयुक्त पहलमा गाईघाटबाट काठमाडौंसम्म चल्ने लामो दुरीका दिवा तथा रात्रीकालीन सार्वजानिक बस तथा हायस गाडीमा सिसिटिभी र जिपिएस जडान गरिएको हो। यातायातलाई प्रविधिमैत्री बनाउने र यात्रुहरुलाई सुरक्षित बनाउने उद्देश्यले नयाँ कार्यक्रमको थालनी गरिएको बताइएको छ ।

‘सिसिटिभीले यात्रुको सामान हराउने, घटनाको पहिलो रेकर्डहरुलाई सुरक्षित गर्न सकिने, महिलामाथि हुने हिंसा तथा अन्य घटनाका अनुसन्धानलाई सघाउन पुर्याउन आवश्यक फुटेजहरुको व्यवस्था गर्न सकिन्छ।’ त्यसैगरी जिपिएसले सवारी साधनको लोकेसन, सवारीको अवस्था, तीव्र गतिको अवस्थालाई पत्ता लगाउने, गन्तव्यभन्दा पर वा वर भए संकेत गर्ने र सही स्थानमा रोक्न सूचना दिने, सवारी चोरीमा नियन्त्रण, सवारीको सामानको अवस्था पत्ता लगाउन सघाउने छ । गाईघाटबाट चल्ने ४ ओटा ठूला रात्री बस र ६ ओटा साना दिवा सवारीमा सिसिटिभि र जिपिएस जडान गरिएको छ ।