|  

विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा भर्ना गराैँः शिक्षामन्त्री श्रेष्ठ

०२ बैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले आधारभूत शिक्षाको महत्त्वको सन्देश जनस्तरसम्म फैलाउन आह्वान गरेकी छिन् ।

आइतबारदेखि सुरु भएको विद्यालय भर्ना अभियानका अवसरमा शुभकामना सन्देश दिँदै मन्त्री श्रेष्ठले आधारभूत शिक्षा प्राप्त नगरेको व्यक्ति सरकारी सेवा प्रवेशसँगै कुनै पनि कम्पनी तथा फर्महरूमा नियुक्ति वा निर्वाचित हुन नपाउने भन्दै आधारभूत शिक्षाको महत्त्वको सन्देश जनस्तरसम्म फैलाउन आह्वान गरेकी हुन । विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा भर्ना गराई शिक्षा सम्बन्धी मौलिक हक कार्यान्वयनको सुनिश्चितता गर्न मन्त्रालयले विभिन्न कार्यक्रमसहित आइतबारदेखि विद्यालय भर्ना अभियान सुरु गरेको छ ।

नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहहरू र समुदायको समेत सक्रिय सहभागिताले मात्रै नयाँ भर्ना र सामुदायिक शिक्षा सुधारको अभियान सफल हुने मन्त्री श्रेष्ठको भनाइ छ ।