|  

रोमनियाबाट ई-सेवामा पैसा पठाए नगद जित्ने मौका 

३ बैशाख, काठमाडौं । स्मिथ एन्ड स्मिथ रोमनियामार्फत नेपालको बैंक खाता, ई-सेवा वालेट वा नगदमा रेमिट्यान्स पठाए बम्पर उपहारका रूपमा नगद जित्न सकिने भएको छ ।

जसअनुसार रेमिट्यान्स पठाउने व्यक्तिले हरेक साता १० हजार र बम्परमा एक जनाले एक लाख रुपैयाँ जित्न सक्नेछन्  । स्मिथ एन्ड स्मिथसँगको साझेदारीमा ई-सेवा मनी ट्रान्सफरले शनिबार (१३ अप्रिल २०२४) देखि उक्त योजना ल्याएको हो । यो योजना १५ जुलाई २०२४ सम्म चल्नेछ ।