|  

‘द भ्वाइस किड्स’ सिजन ३ को कोचमा मेलिना राई

४ बैशाख, काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ३ को कोचमा गायिका मेलिना राई अनुबन्धित भएकी छन् ।

शोको नयाँ कोचमा मेलिनासँगै यसअघि युवापुस्तामा रुचाइएका पपगायक छेवाङ शेर्पा पनि अनुबन्धित भैसकेका छन् । प्रमोद खरेलले पनि कोचको रुपमा निरन्तरता दिने भएका छन् ।

यतिबेला भ्वाइस किड्सको पछिल्लो संस्करणका लागि डिजिटल अडिसन चलिरहेको छ । ६ देखि १४ वर्ष उमेर समूहका इच्छुक बालबालिकाले यो शोमा भाग लिन पाउनेछन् ।