|  

गायिका एलिना चौहान आज विवाह बन्धनमा बाँधिदै

५ बैशाख, काठमाडौं । चर्चित गायिका एलिना चौहान आज विवहा बन्धनमा बाधिँदै छिन् ।

हाल अस्ट्रेलियामा बस्दै आइरहेका प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिन लागेकी हुन ।

परम्परागत रूपमा हुने सो विवाह समारोह एलिनाको गृह जिल्ला झापामा हुनेछ, जसका लागि बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा विवाह समारोहको आयोजना गरिएको छ। एलिना र विष्णुले केही वर्षको प्रेम विवाहमा परिणत गर्न लागेका हुन् ।