|  

आज र भोलि बालबालिकालाई भिटामिन ए’ र जुकाको औषधि खुवाइँदै

६ बैशाख, काठमाडौं ।  सरकारले आज र भोलि ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गर्दै छ ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयको अनुसार भिटामिन ‘ए’ क्याप्सुल ६ देखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइनेछ । भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने छ ।

सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वंयसेविका र १० हजार स्वास्थ्यकर्मी खटिने बताइएको छ ।

सरकारले प्रत्येक आर्थिक वर्षमा कात्तिक र बैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ ।