|  

अमेरिकी र भारतीय चुनावमा चीनियाँ भाष्य

विपिन देव
०६ बैशाख, काठमाडौं । सन् २०२४ लाई प्रजातान्त्रिक उत्सवको वर्ष भन्न सकिन्छ । ६० वटा मुलुकहरू सन् २०२४ मा चुनावी यात्रामा रहेका छन् । हुनतः एकतन्त्रीय व्यवस्थामा चुनाव एउटा कर्मकाण्ड जस्तै हुने गरेको छ । भर्खरै पुटीनको विजयलाई यही चश्माबाट दृष्टिगौचर गर्न सकिन्छ । तर अमेरिका र भारत जस्ता मुलुकहरूको प्रजातान्त्रिक यात्रा वडो चहकिलो र गहकिलो हुने गरेको छ । आरोप - प्रत्यारोप, तथ्याङ्क र मिथ्याङ्क, भाषण र अभिभाषण, सभा र जुलुसले प्रजातान्त्रिक प्रणालीलाइ सम्वलता प्रदान गर्दछ । यस पटकको अमेरिका र भारतको चुनावी मुद्दामा चीनिया भाष्यले अधिक ठाउ‘ पाएको छ । चीन विरोधी विचारधारामा अमेरिकाका दुई वटै पार्टी विच ध्वनी र स्वरमा समरूपता देखिन्छ । भारतेली मनोग्रन्थीमा चीनिया विरोधी भाष्यको लामो इतिहास रहेको छ ।

सन् १९६२ मा चीनबाट पराजित भए पछि तत्कालीन भारतीय प्रधानमन्त्री नेहरुको चीनवाट भएको सम्मोहन भङ्ग भएको थियो । सन् १९६३ को आम चुनावमा चीनिया विरोधी नारा भारतीय राजनीतिको एउटा नयॉ भाष्यको रुपया  विजारोपण भई सकेको थियो । सन् १९६३ को आम चुनावमा नेहरुको विरोधमा डा. राममनोहर लोहिया प्रतिद्वन्दीको रूपमा नेहरु विरोध चुनाव समेत लडे । चीनिया विरोधी भाष्यलाई समाजवादीहरूले विजारोपण गरे पनि चीनिया विरोधी भाष्यलाई जनजनसम्म पु¥याउन हिन्दुवादी संघ संघठनहरू सक्रिय रहेको थियो । आर.एस.एस. लगायत हिन्दुसंघ संघठनहरू गान्धीको हत्या पश्चात राजनीतिक रंगमञ्चमा आरोपित भएका थिए । तर राष्ट्रवादको मुद्दा उठान गरे पश्चात उनीहरूको कार्यकौशलता र क्षमतालाई स्वंय नेहरुले कदर गर्दै गणतन्त्र दिवसको पुनित अवसर राष्ट्रिय स्वंय सेवक संघको कार्यक्रताहरूलाई भाग लिन निमन्त्रणा गरेका थिए ।

आज इतिहासको चक्र दोहरीएको छ । सन् १९६२ जस्तै चीन र भारत एक अर्काको विरुद्ध उभिएका छन् । १५ हजार फिटको उ‘चाई ६० हजार सैनिक एक अकौ विरोध आमुने सामुनेमा उभिएका छन् । सन् २०२० अप्रिलदेखि नै गलवान घाटीको तनाव कम भएको छैन । भारतीय जनता पार्टीले आप्mनो चुनावी मुद्दामा चीनिया विरोधी भाष्यलाई जनजनसम्म व्याख्या गरेको देखिन्छ । सन् २०१७ मा ७२ दिन डोकलम भन्ने ठाउ‘मा चीनिया सैनिकहरू पछाडि हट्दै युद्ध स्वखलित हुनु जस्ता परिघटनालाई वि.जे.पी.ले आप्mनो उपलब्धीको रूपमा व्याख्या गरेका छन् । अर्कातर्फ भारतीय राष्ट्रिय काङ्ग्रेसले वि.जे.पी. को कूटनीतिलाई सामरिक कमजोरीको रूपमा व्याखया गरेका छन् । सन् १९८८ मा तत्कालीन प्रधानमन्त्री राजीव गान्धी र देङको नीतिले गर्दा विगत ४ दशकमा  भारत र चीन विच अमन चयन हुनु जस्ता परिघटनालाई काङ्ग्रेसले आफ्नो सफलताको रूपमा व्याख्या गरेका छन् ।

अमेरिकी चुनावी अभियानमा समेत चीनिया विरोधी भाष्य ध्वनित भइरहेको छ । ट्रम्पले चीनको विरोधमा गरेको नाकावन्दीलाई आफ्नो उपलब्धिको रूपमा व्याख्या गरेका छन् । अर्थात् अमेरिकाले चीनिया समानको आयातमा २० प्रतिशत कटौती गरेको छ । चीनिया कम्युनिष्ट पार्टीले चीनिया अर्थतन्त्र अमेरिकी नाकावन्दीवाट आघात नभएको कुरा बखान गरेता पनि धरातलीय यर्थात फरक देखिन्छ । चीनिया कम्युनिष्ट पार्टीका ७० प्रतिशत उच्च स्तरीय नेतृत्वको छोरा र छोरी अमेरिका र युरोपेली मुलुकहरूमा अध्ययन गरिरहेका छन् । कालोधन लुकाउने रणनीति अन्र्तगत नेतृत्व वर्गको अकुत सम्पति अमेरिका र युरोपेली बजारमा लगानी रहेको कुरा पटक पटक समाचारहरूमा पढ्न पाइन्छ । अमेरिका र युरोपले चीन माथि आक्रमण नीति लिएको खण्डमा चीनिया नेतृत्व अधिक प्रभावित हुने कुरा जानकारहरूको बुझाई रहेको छ । चीनिया विद्यार्थीहरूलाई अमेरिकाले फिर्ता गरेको खण्डमा २०० मिलियन चीनिया परिवार प्रभावित हुने अध्ययनले पुष्टि गर्दछ । अमेरिकी चुनावमा राष्ट्रपति सीको नीतिको वारेमा व्यापक वहस भएको देखिन्छ । सन् २०४९ मा राष्ट्रपति सीले अमेरिकालाई उछिन्दै संसारमा सबभन्दा धनी राष्ट्रको रूपमा उभ्याउने कुरालाई साम्यवादीको लप्mफाबाजीको रूपमा व्याख्या गरिएको छ । चीनिया अर्थतन्त्रको आधार स्तम्भ नै निर्याती मुखी अर्थतन्त्र रहेको छ । अमेरिका, युरोप, भारत, जापान जस्ता मुलुकहरूसंगको कटुतामा कारण चीनिया अर्थतन्त्र ओरालो लागि रहेको अवस्था छ । चीनिया प्रोभिन्स (राज्य)हरूको कर असुलीमा ४० प्रतिशतको गिरावट देखिएको छ  भने कर्मचारीहरूको तलव र सुविधामा ३० प्रतिशतको कटौती भएको छ ।

अमेरिकी चुनावमा चीनको “ताइवान नीति” समेत विर्मशको विषय रहेको छ । अमेरिकी सुरक्षा छातामा रहेको हरेक मुलुकको सुरक्षाको दायित्व अमेरिकाको रहेको छ । दक्षिण कोरिया, जापान, अष्ट्रेलीया जस्ता मुलुकहरूको सुरषाको दायित्व अमेरिकाको रहेको कुरा वाइडेनको रहेको छ । उक्त रणनीति अन्र्तगत कर्वाड र अम्स जस्ता संगठनहरू सक्रिय रहेको वाइडेनको तर्क रहेको छ । ट्रम्पको भाष्य फरक रहेको देखिन्छ । ट्रम्पले अमेरिकीहरूको हितलाई मध्य नजर राख्दै अमेरिकाले आफ्नो संगलनता विश्व राजनीतिमा कम गर्नु पर्ने कुरालाई उठान गरेका छन् । अर्थात् अफानीस्तान लगायत अन्य मुलुकहरूमा अमेरिकी पूँजी र सैनिकको सहादतवाट अमेरिकालाई कुनै फाइदा नभएको तर्क ट्रम्पको रहेको छ । तर वाइडेन र ट्रम्पले राष्ट्रपति सीको नीतिलाई एक स्वर र एक ध्वनीमा निन्दा गरेका छन् । रसीया चीनको निकट्ता समेत अमेरिकालाई पॉच्य भएको छैन । भारतीय चुनावमा चीनिया विरोधी नारा गुन्जित भएका छन् । तिब्वत, सिन्ज्याङ्ग, दक्षिण चीन सागर, ताइवान जस्ता अनेकौं मुद्दाहरूमा व्याख्यान भइरहेको छ ।

भारतले चीन पाकिस्तानको मित्रताका कारण भारत सदैव तनावमा रहेको कुरा अभिभूत गरेका छन् । भारतीय चुनावी विर्मशमा चीनलाई समस्या र भारतलाई समाधानको रूपमा व्याख्या गरिएको छ । कोराेनाको उदभव उहानमा हुनु र कोरोनाको खोप सबभन्दा बढी भारतमा उत्पादन हुनु जस्ता उदाहरणलाई वि.जे.पी.ले चुनावी भाष्य बनाएका छन् । चीनिया आर्थिक नीतिले गर्दा श्रीलङ्काको आर्थिक दिवालीयापनको शिकार हुनु तर त्यसलाई ४ दशमलव ५ विलियनको सहयोगबाट श्रीलङ्कालाई राहत पु¥याउनुलाई समाधानको रूपमा व्याख्या गरिएको छ । यस अर्थमा अमेरिका र भारतको चुनावमा चीन प्रमुख विषय भएको छ ।