|  

आईपिएल: पञ्जाब मुम्बईसँग पराजित

७ बैशाख, काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आइपिएल)मा पञ्जाब किंग्स मुम्बई इन्डियन्ससँग ९ रनले विजयी भएको छ।

गएराति भएको खेलमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको मुम्बईले ७ विकेटको क्षतिमा १९२ रन बनाएको थियो । १९३ रनको लक्ष्य पछ्याएको पञ्जाब १९ ओभर १ बलमा १८३ रन बनाएर अलआउट भएको हो । पञ्जाबलाई  अल आउट गर्ने क्रममा मुम्बईका जेराल्ड कोत्जी र जसप्रित बुमराहले ३–३ विकेट लिए ।

त्यस्तै आकाश माधवल, हार्दिक पाण्ड्या र श्रीयाश ऐयरले १–१ विकेट लिए। यो जितसँगै मुम्बई सात खेलमा तीन जितसहित सातौं स्थानमा छ। समान खेल खेलेको पञ्जाब दुई जितसहित चार अंक बनाएर नवौं स्थानमा छ।