|  

आइपिएलः आज लखनउ र चेन्नई खेल्दै

७ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज लखनउ सुपर जाइन्ट र चेन्नई सुपर किंग्सबीच खेल हुँदै छ।

लखनउमा हुने यो खेल नेपाली समय अनुसार राती ७ः ४५ बजेदेखि सुरु हुने छ । जारी आइपिएलमा लखनउले ६ खेलमा ३ जित र ३ हार बेहोरेको छ र अंक तालिकामा पाँचौं स्थानमा रहेको छ ।

त्यस्तै चेन्नई सुपर किंग्सले ६ खेलमा ४ जित र २ हार बेहोरेको छ भने ८ अंकसहित तेस्रो स्थानमा रहेको छ ।