|  

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी सपथ लिएकै भोलिपल्ट अल्पमतमा 

७ बैशाख, काठमाडौं ।  सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारी सपथ लिएकै भोलिपल्ट अल्पमतमा परेका छन् ।

 नागरिक उन्मुक्तिका एक जना प्रदेश सभा सदस्यले समर्थन फिर्ता लिएको घोषणा गरेपछि सोडारी अल्पमतमा परेका हुन् । मन्त्री पदको सपथका लागि प्रदेश प्रमुखको कार्यालय बोलाएको तर त्यहाँ बिना विभागीय मन्त्री बनाउने र मन्त्रालय फुटाएर विभाग तोक्ने भनेर अपमान गरेको भन्दै नाउपाकी प्रदेश सभा सदस्य टीका थापाले समर्थन फिर्ता लिएको घोषणा गरेपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परेका हुन् ।

सोडारी माओवादीका १०, एमालेका १०, समाजवादीका ४, स्वतन्त्र १ र २ जना नागरिक उन्मुक्ति (रञ्जीता पक्षं) का गरी २७ जनाको बहमुत पाउने भन्दै सरकारमा गएका थिए । नागरिक उन्मुक्तिका ७ जना प्रदेश सभा सदस्य भए पनि ५ जना रेशमको पक्षमा छन् । रेशम चौधरी सोडारीको नेतृत्वलाई समर्थन नगर्ने पक्षमा छन् ।

एक जनाको समर्थन नहुने वित्तिकै मुख्यमन्त्रीमा सोडारीले विश्वासको मत पाउदैनन । ५३ सदस्यीय प्रदेश सभामा काँग्रेसका १ जना प्रदेश सभा सदस्यको निधन भएपछि अहिले प्रदेश सभामा ५२ जना सदस्य छन । बहुमतमा लागि २७ जना प्रदेश सभा सदस्यको संख्या आवश्यक पर्छ ।उन्मुक्तिकी टीका थापाले सोडारीलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेपछि फेरि सोडारी संकटमा परेका छन्।