७ बैशाख, काठमाडौं । सुनसरीमा लागुऔषध खैरो हिरोइनसहित दुईजना पक्राउ परेका छन् ।
पकाउ पर्नेमा रामधुनी गाउँपालिका-३ का ३१ वर्षीय सबिन चौधरी र कोशी गाउँपालिका-१ का १९ वर्षीय रन्जनकुमार यादब रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
उनीहरुलाई सुनसरीको कोशी गाउँपालिका-१ स्थित भन्सार टोलबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट लागुऔषध ओसारपसारमा प्रयोग गरिएको प्रदेश १-०२-०४७ प ४४६९ नम्बरको मोटरसाइकल र १ ग्राम २ मिलिग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको छ ।