|  

कोशीमा संकल्प प्रस्ताव टेबुल

७ बैशाख, काठमाडौं । कोशी प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पेस गरेको संकल्प प्रस्ताव प्रदेशसभामा टेबुल भएको छ ।

प्रदेशसभाको आज बसेको बैठकमा उक्त प्रस्ताव टेबुल भएको हो  । संकल्प प्रस्तावका प्रस्तावक रहेका एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले छलफलका लागि प्रदेशसभामा टेबुल गराएका थिए ।

उक्त प्रस्तावमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलालले समर्थन गरेका छन् ।

संसदले संविधान अनुसार सरकारलाई निर्देशन गर्नसक्ने भएकाले अल्पमतमा परेको सरकारले नयाँ बन्ने सरकारलाई बाटो खोलिदिन सङ्कल्प प्रस्ताव पेस भएको हो ।