|  

सांसद खानले लिइन् पद तथा गोपनीयताको शपथ

७ बैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद हसिना खानले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

शुक्रबार संसद् सचिवालयको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा सभामुख देवराज घिमिरेले शपथ गराएका हुन् ।

सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि जसपाले रिक्त स्थानमा २७ वर्षीया खानको नाम सिफारिस गरेको थियो । शर्माको चैत ४ गते निधन भएको थियो ।

गत चैत २२ गते ललितपुरको बालकुमारीमा बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले बाँकेकी खानलाई समानुपातिक सांसद बनाउन सिफारिस गरेको थियो।