|  

धराैटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

७ बैशाख, काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन्।

जिल्ला अदालत, रुपन्देहीले शुक्रबार पुनलाई ४ लाख धरौटीमा छाडने आदेश दिएको थियो ।

तर, पुनले चार लाख धरौटी जम्मा गर्न नसकेपछि जेल चलान गरिएको रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए ।

मरासिनीले भने, ‘अदालतले उहाँलाई चार लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो, तर पुनले धरौटी जम्मा गर्न सक्नुभएन । धरौटी रकम जम्मा गर्न नसकेपछि भैरहवास्थित जिल्ला कारागार चलान गरिएको छ ।’

पुनसँगै नविन अछामीले पनि धरौटी जम्मा गर्न नसकेपछि जिल्ला कारागार रुपन्देही चलान भएका छन । नविनलाई १४ लाख धरौटी जम्मा गर्न सकेनन । पुन पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन ।

अदातलको आदेशअनुसार रोशनी गुरुङ र निता थापालाई जनही २ लाख धरौटी, सहकारीका सविच दुर्गा चापागाईँ पाण्डेलाई १८ लाख धरौटी, दीपक न्यौपानेलाई ४ लाख ४५ हजार धरौटी धरौटी तोकिएको हो ।