|  

भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक उपाय अवलम्बन गर्नुपर्छः राष्ट्रपति पौडेल

१२ बैशाख,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक उपाय अवलम्बन गर्नुपर्ने बताएका छन् ।

गोरखा भूकम्पको नवौँ स्मृति दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै राष्ट्रपति पौडेले भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अवलम्बन र सुरक्षात्मक उपायबारे जनचेतना फैलाउन जरुरी रहेको बताएका हुन् ।

भूकम्प एक प्राकृतिक विपद् भए पनि प्रत्येक वर्ष बढ्दै गएको सहरीकरणले गर्दा भूकम्पीय जोखिम बढाउँदै लगेको छ । भूकम्पलाई रोक्न नसकिए पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट आफूलाई जोगाउन सकिन्छ’, राष्ट्रपति पौडेलले सन्देशमा उल्लेख गरेका छन् ।