|  

करेन्ट लागेर विद्युत् प्राधिकरणका एक कर्मचारीको मृत्यु

१२ बैशाख,काठमाडौं । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–३, तातापानीका अन्दाजी २८ बर्षीय विशाल केसी रहेका छन्। बराहताल गाउँपालिका–८, कुनाथरी भन्ने ठाउँमा विद्युत् मर्मत गर्ने क्रममा उनलाई मंगलबार करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते उनलाई प्रदेश अस्पताल लगिएको थियो।  चिकित्सकहरुले  बेलुका ८ बजेतिर उनको मृत्यु भएको घोषणा गरेका हुन् । उनी विद्युत् प्राधिकरण सुर्खेतका कर्मचारी हुन् ।