|  

कक्षा १२ को परीक्षा भोलिदेखि,४ लाख ९१ हजारले परीक्षा दिँदै 

१३ बैशाख, काठमाडौं । कक्षा १२ को परीक्षा भोलिदेखि सुरु हुँदैछ । भोलि (शुक्रबार)बाट सुरु हुने परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी हुँदै छन् ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ १ लाख ९६ हजार ९ सय १४ छात्रा र १ लाख ९३ हजार ९ सय ३३ जना छात्र गरी ३ लाख ९० हजार ८ सय ४७ परीक्षार्थी छन् । बाँकी भने ग्रेडवृद्धितर्फका विद्यार्थी हुन् ।७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ केन्द्रमा परीक्षा सञ्चालन हुनेछन् ।

सबैभन्दा बढी काठमाडौंमा १ सय ४४ र मनाङ–मुस्ताङमा एक–एक वटा परीक्षा केन्द्र तोकिएको छ ।  देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुँदै छन् ।