|  

शिक्षक सेवा आयोगले माग्यो ४ हजार ४ सय ६२ प्रा.वि. तहको शिक्षक

१५ बैशाख, काठमाडौं । शिक्षक सेवा आयोगले ठूलो संख्यामा शिक्षक माग गरेको छ ।

आयोगले आज एक सूचना जारी गर्दै प्राथमिक तह तृतीय श्रेणीका लागि ४ हजार ४ सय ६२ शिक्षक माग गरेको हो । सातै प्रदेशबाट विभिन्न समूहका शिक्षक नियुक्तिका लागि विज्ञापन खुला गरिएको आयोगले जनाएको छ ।

खुला, महिला, दलित महिला, मुस्लिम महिला, आदिवासी जनजाति, दलित, अपाङ्गता, पिछडिएको क्षेत्र र मधेशी, आदिवासी जनजाति, दलित, पिछडा वर्ग वा अल्पसङ्ख्यक समुदायका लागि विज्ञापन खुला गरिएको आयोगले जारी गरेको सूचनामा उल्लेख छ। योग्यता पुगेका इच्छुक व्यक्तिले जेठ १३ गतेसम्म आवेदन दिन सक्ने छन्।