|  

आजदेखि ७ जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै

१६ बैशाख, काठमाडौं । सरकारले आजदेखि सात वटा जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउँदै छ ।

‘आम औषधि सेवन अभियान’ अन्तर्गत हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तुमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दुई सातासम्म चल्ने अभियानमा सात जिल्लाका १०१ पालिकाका ५० लाख ७८ हजार जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने लक्ष्य छ ।


दुई वर्षभन्दा माथिको उमेरका सबैलाई औषधि खुवाइने छ । गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्ति, पहिले आम औषधि सेवन गर्दा गम्भीर समस्या देखिएका व्यक्ति तथा सिकिस्त बिरामीले हात्तीपाइले रोगविरुद्धको औषधि खान नहुने बताइएको छ ।