|  

नेपाल फेसन फेस्टिभल हुँदै

१६ बैशाख, काठमाडौं । फेसन नेटवर्क नेपालले नेपाल फेसन फेस्टिभल आयोजना गर्ने भएको छ ।

देशको युवा र दक्ष जनशक्तिलाई बजारसँग जोड्न उक्त फेस्टिभल आयोजना गर्न लागिएको हो ।जेठको ११ देखि १३ सम्म ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा फेस्टिभल सञ्चालन गरिने छ ।

युवा र महिला सशक्तीकरणमा जोड दिइएको फेस्टिभलमा फेसन, सौन्दर्य र जीवनशैलीलाई मुख्य प्रस्तुतिका रूपमा राखिने छ ।