|  

आगलागीले दाङकाे हाडबास गाउँ नै सखाप

१६ बैशाख, काठमाडौं । दाङको राजपुर गाउँपालिका-७ हाडबास गाउँमा आगलागी भएको छ ।

आगालागीका कारण २४ घर जलेर नष्ट भएका छन् । भने १० वटा गोठसमेत जलेर नष्ट भएको छ । हाडबास गाउँमा २५ वटा घर थिए । आगलागी भएका सबै घर खरले छाएका थिए । जस्ताले बनाएको एउटा घर भने जोखिएको छ ।

नजिकै रहेको वनबाट लागेको आगो गाउँमा पसेको थियो । वनमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन । वन क्षेत्रभित्रको बस्ती भएकाले क्षति भएको वडा नं ७ का अध्यक्ष पुष्कर वलीले जानकारी दिए ।