|  

ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका थप एक जनाको मृत्यु

१९ बैशाख, काठमाडौं । ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका–४ बडिखेल जंगलमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका ५० वर्षीय रमेश पहरीको मृत्यु भएको हो । पहरीको उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा आज बिहान मृत्यु भएको हो ।

डढेलो निभाउने क्रममा मंगलबार शंकर पहरीको पनि उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको थियो । मंगलबार दिउँसो डढेलो निभाउने क्रममा उनीहरू घाइते भएका थिए ।