|  

आज वेस्ट इन्डिजसँग चौथो खेल खेल्दै नेपाल 

२० बैशाख, काठमाडौं । नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग टी-२० श्रृंखलाको चौथो खेल खेल्दैछ  ।

खेल टीयु क्रिकेट मैदानमा दिउँसो सवा १२ बजेबाट सुरु हुनेछ । बुधबार भएको सिरिजको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई ७६ पराजित गरेको थियो ।

त्यस्तै आइतबार भएको दोस्रो खेलमा नेपाल वेष्ट इन्डिज ‘ए’ सँग १० रनले पराजित भएको थियो ।शनिबार भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको थियो । पाँचौं तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ ।