|  

विद्यालयको नाम परिवर्तनबारे सर्वोच्चद्वारा अल्पकालीन आदेश

२० बैशाख, काठमाडौं । संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी नाम परिवर्तन गर्न दिएको निर्देशन विरुद्धमा प्याब्सन आबद्ध करिब २१ विद्यालयले सर्वोच्च अदालतमा दायर गरेको रिटमा अल्पकालीन आदेश भएको छ ।

विद्यालयल शिक्षा नियमावली २०५९ (संशोधनसहित) को नियम १५४ को १ र कामपा विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० विरुद्धमा उनीहरुले मुद्दा दायर गरेका थिए । सो मुद्दाको अल्पकालीन आदेशको निरन्तरता दिने वा नदिने विषयमा आज सुनुवाइ हुनेछ।