|  

चीनमा वर्षाका कारण राजमार्ग भत्किदा ३४ जनाको मृत्यु, ३० घाइते 

२० बैशाख, काठमाडौं ।  दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस १२ को एक हिस्सा भत्किदा ३४ जनाको मृत्यु भएको छ भने ३० जना भन्दा बढी घाइते भएका छन् ।

दुर्घटना मिचोउ पहाड नजिक बुधबार मध्यराति २ बजे भएको थियो । जसमा सडकको एउटा लेनको १८ मिटरसम्मको भूभाग खसेको थियो । राजमार्ग भत्किँदा ५४ भन्दा बढी यात्रुहरू सवार २० सवारी साधन तल झरेका थिए ।

घटनाको जानकारी पाएलगत्तै ५ सय राहतकर्मी उद्धारमा लागेका थिए । चीन सरकारले यस विषयमा छानबिन गर्न आदेश दिएको छ ।दुर्घटनापछि राजमार्ग अवरुद्ध भएको छ ।