|  

एकैदिन तोलामा २ हजारले बढ्यो सुनको मूल्य

२० बैशाख, काठमाडौं ।  साताको कारोबारको पाचौ दिन आज (बिहीबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन २ हजार रुपैयाँले बढेको छ ।आज छापावाला सुन प्रतितोलामा १ लाख ३६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा २ हजार रुपैयाँले बढ्दै १ लाख ३५ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यता आज चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।