|  

मोटरसाइकल घरमा ठोक्किदा २ जनाको मृत्यु

२० वैशाख, काठमाडौं । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना भएको छ ।

ना२२प ३४४४ नम्बरको मोटरसाइकल रत्ननगर नगरपालिका-४ का सुमन गदालको घरमा ठोक्किदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा जिल्लाकै रत्ननगर नगरपालिका-३ का सुमित महतो र जीवन चौधरी रहेका छन् । उनीहरुको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ ।