|  

आगोमा जलेर घरभित्रै रहेका दम्पतीको मृत्यु

२० बैशाख, काठमाडौं । धादिङमा आगलागीमा परी एक दम्पतीको ज्यान गएको छ ।

थाक्रे गाउँपालिका-५, गैरीखर्कमा गय राति आगोमा जलेर घरभित्रै रहेका ७० वर्षीय तेजबहादुर लामा र उनकी श्रीमती ठूली तामाङको घटनास्थलमै मृत्यु भएको हो । गएराति साढे ११ बजे प्रहरीले आगलागीको खबर पाएको थियो । नजिकको हाप्सेचौर अस्थायी प्रहरी पोष्टबाट प्रहरी टोली पुग्दा घर पूरै जलिरहेको थियो । आगोमा जलेर अन्न, लत्ताकपडा, मकै पिस्ने मेसिन लगायत सबै जलेको छ ।