|  

कर्णालीमा रेल र सुरुङ होइन, सडक चाहिएको छः ज्ञानेन्द्र शाही

२० बैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले कर्णालीका जनतालाई रेल र सुरुङ मार्ग नभई सडक चाहिएको बताएका छन् ।

बिहीबारको पूर्वाधार विकास समितिको बैठकमा उनले मन्त्री र सरकारले बजेट दिन नसके सरकारबाट हटेर मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् । उनले कर्णालीको नाग्म हुँदै रारा जाने बाटो पिच गर्न माग गरे ।

प्रमुख सचेतक शाहीले सरकारको कुर्सीमा बसेर बजेट छैन र दिन्न भन्न नमिल्ने बताए । उनले सुर्खेतबाट नाग्म हुँदै जुम्ला सदरमुकाम जोडिने बाटो बन्नुपर्ने बताए । 

प्रमुख सचेतक शाहीले पहुँचका आधारमा बजेट विनियोजन भए संसद, सडक र मन्त्रालय घेर्न तयार रहेको बताए ।