|  

नियमित परीक्षा सञ्चालन गर्न लोकसेवा आयोगलाई सरकारको आग्रह

१५ असोज, काठमाडौं । सरकारले विज्ञापन र परीक्षाका नियमित कामहरु अघि बढाउन लोक सेवा आयोगलाई आग्रह गरेको छ । सरकारको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले कोरोना महामारीका कारणले गत वैशाखदेखि रोकिएका परीक्षा, विज्ञापन लगायतका नियमित कार्य अघि बढाउन आयोगलाई आग्रह गरिएको जानकारी दिएका हुन्।

सरकारको निर्णयअनुसार आयोगले स्वास्थ्यका मापदण्ड र प्रक्रिया पूरा गरी परीक्षा सञ्चालनको सूचना प्रकाशन गर्नेछ।

मन्त्रिपरिषद्ले मदन भण्डारी प्राद्यौगिक विश्वविद्यालय स्थापनाका लागि सो सम्बन्धी विधेयक निर्माण गर्न विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ।